काठमाडौं । प्रदेश १ सरकारले केन्द्र सरकारलाई सीमा नाका बन्ध गर्न आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो।
कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै मानिहरुको आवतजावत गर्ने रोक्न नाका बन्द गर्न जरुरी रहेको भन्दै त्यस्तो आग्रह गर्न लागिको सामाजीक विकासमन्त्री जीवन घिमिरेले बताए ।
प्रदेश १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको रानी नाका सञ्चालनमा छन्। यस्तै बैठकले एक साताभित्र ५० शैयाको आपतकालीन अस्पताल पनि बनाउने निर्णय गरेको छ। विराटनगरस्थित नेसनल ट्रेडिङको भवनमा भेन्टिलेटरसहितको अस्पताल स्थपना गर्ने तयारी थालेको छ ।
चीनको वुहान शहरको सामुन्द्रिक बजारबाट गत डिसेम्बर अन्तिम साता फैलिएको यो भाइरस कोभिड १९ यो समाचार तयार पार्दासम्म विश्वका १ सय ८२ देशमा फैलिसकेको छ । १० लाख ४८ हजार २ लाख ४५ हजार नौ सय १६ जना मानिस यस रोगबाट संक्रमित भएका छन् । ८८ हजार ४ सय ६५ जना मानिस उपचार गरेर घर फर्किएका छन् । करोडौँ मानिस आईसोलेसनमा छन् । केहि घरमा नै सेल्फ आईसोलेसनमा छन् । अधिकांश देशले हवाई र स्थल सिमामा प्रतिवन्ध लगाएका छन् । मानिसहरु डराएका छन् । व्यापार व्यवसाय ठप्प छ । शहरहरु सुनसान छन् । वैज्ञानिकहरु औषधीको खोजीमा जुटेका छन् ।
चीनले गत साता नै कोरोनाको औषधीमा सफलता मिलेको बताएको भएतापनि हालसम्म टेष्ट किट मात्रै बजारमा आएको छ ।
कोरोनाविरुद्धको भ्याक्सीन तयार पारेको भनेतापनि हालसम्म यसको पुष्टि भएको छैन । यद्यपी चीनले ल्याबबाट प्रमाणित भएको कोरोना टेष्ट किट विभिन्न देशमा पठाइरहेको छ ।
नेपालमा के हुँदैछ ?
सिंगो विश्व आक्रान्त भएको बेला यो भयावह महामारीको डरबाट नेपाली पनि गुज्रीरहेका छन् । चैत्र ६ गतेबाट हुने भनिएको एसईई परीक्षा अन्तिम अवस्थामा आएर सरकारले स्थगित गर्ने निर्णय सुनाएपछि केहि भई पो हाल्ने हो की ! भनेर आम नागरिकले त्रासको नजरले हेरिरहेका छन् ।
नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्।
करिब ४०० जनाको आईसोलेसनमा राखि चेकजाँचपछि कोरोना नभएको पुष्टि भएपछि घर फर्किएका छन् ।
देशका सबै प्रदेशमा आइसोलेसन वार्ड र कोरोनाको उपचारका लागी छुट्टै अस्पताल बनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । आक्रमक रुपमा फैलिएको यो भाइरसको विरुद्धको औषधी खोजी गरिरहेको भएतापनि सफलता हासील गर्न सकेको छैन । हालसम्म नेपालमा यो संक्रमण आइसकेको छैन । तर हिजोबाट सरकारले करिब सबै सार्वजनिक स्थल ‘लकडाउन’ गर्न निर्देशन दिएको छ ।
यसैबीच देशभरका मन्दिरहरुमा मानिसको चहलपहल नघटेको भन्दै समाचारहरु बाहिरीएपछि धेरै मठ मन्दिर शिवालय बन्द भएको छ । उता मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा आरति शनिबारबाट रोकिँदैछ । भक्तजनको चाप कम भइरहेको छ । २५ जनाभन्दा बढी मलामी नजान अनुरोध गरिएको छ ।
उता चितवनमा पनि हाटबजारहरु, सिनेमा हललगायत अन्य जमघटस्थलहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै देशहरुले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै हालसम्म सुरक्षित रहेको र अब कोरोना भित्रन नदिन भन्दै नेपालसरकारले कोरानाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’
उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताए ।
हिजोको बैठकले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । अत्यावश्यक काम बाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।
बैठकले एसईई पनि स्थगित गरेको छ भने चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।
निकै ढिलो गरी साबधानी अपनाएको आलोचना खेपेको नेपाल सरकारले अहिले निकै होसियारी अपनाउदै रणनीतिक ढंगले देश र नागरिकलाई कोरोनामुक्त बनाउन लागेको देखिन्छ ।
यस भाइरसको प्रकृति निकै संक्रामक भएका कारण हाच्छ्यु गर्दा, खोक्दा पनि सजिलै सर्छ । निकै सावधानी अपनाएर नागरिकको स्वास्थ्यउपचारमा खटिएका चिकित्सकलाई पनि संक्रमण भएको हुँदा निकै सावधानी अपनाउन जरुरी छ ।
सरकारले नागरिकलाई कामका बेला बाहेक भिडभाडमा नजान, घुमफिरको लागि यात्रा तय नगर्न तथा उपभोग्य वस्तुको खपत सन्तुलित गर्न भनिरहेको छ ।
वैज्ञानिकको दाबी
यतिबेला विश्व समुदाय कोरोनाको कारण आक्रान्त बनेको छ । विज्ञ तथा वैज्ञानिकहरुले त्यसको रोकथामको लागि पहल गरिरहेका छन् । अष्ट्रेलियामा पिटर डोहर्टी इन्टिच्युट फर इन्फेक्सन एण्ड इम्युनिटी अष्ट्रेलियाका शोधकर्ताले हालै कोरोना भाइरस र हाम्रो इम्युन सिस्टमबारे एक महत्वपूर्ण पत्ता लागेको जनाइएको छ । जसका कारण अष्ट्रेलियाका वैज्ञानिकले पाएको सफलताले यो महामारीमा नयाँ आशा जगाएको जनाइएको छ ।
उक्त परिक्षणका लागि वैज्ञानिकले कोरोना संक्रमित ४० वर्षीया महिलाको रगत जाँच गरेका थिए र त्यसबाट हरेक मानिसको शरीरको प्रतिरक्षा प्रणालीले जसरी आमरुपमा फ्लुसँग लड्छ, त्यसैगरी कोभिड १९ विरुद्ध पनि लड्न सक्छ भन्ने पत्ता लागेको जनाइएको छ ।
त्यसैका आधारमा मानव शरीरको प्रतिरक्षा प्रणालीले कोरोना संक्रमणविरुद्ध कसरी काम गर्छ कुरा पत्ता लागेको हो । साथै त्यसको सफल परिक्षणपछि निदानका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान वैज्ञानिकको रहेको छ ।
डाक्टरहरुको निगरानी तथा उपचारका कारण कोरोनाबाट संक्रमित ती महिला अहिले स्वस्थ भइसकेकी जनाइएको छ । भने उक्त परिक्षणबाट कोरोनाको निदान गर्न सकिने दावी वैज्ञानिकहरुको रहेको छ ।
दूतावासको आग्रह
संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीस्थित नेपाली दूतावासले कुनै पनि नेपालीलाई बिदा लिएर नेपाल नफर्कन आग्रह गरेको छ । दूतावासले सूचनामार्फत संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, बिदा लिई नेपाल जाने, आफ्ना परिवारका सदस्यहरूलाई यूएई ल्याउनेलगायतका कार्यहरू तत्काल बन्द गर्न आग्रह गरेको छ ।
नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न युरोपका सबै मूलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मूलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मूलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मूलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यरातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको सङ्ख्या घटाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएमा कारागारमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको सङ्ख्या घटाउन निर्देशन दिएको हो ।
गृहमन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोनाभाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको हो ।
कोरोनाको वस्तुस्थिति, पूर्व तयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बसेको बैठकले उत्तरतर्फका नाकाभन्दा दक्षिणका नाकाबाट जोखिम बढेको निष्कर्ष निकालेको हो ।भारतमा तिव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्ने तर्फ सचेत रहनुपर्ने र सीमा नाकामा हुने चेकजाँचलाई थप कडाई गर्नुपर्ने निष्कर्ष कार्यकारी समितिको बैठकको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले चेकजाँचमा कडाई गरी नेपालभित्र प्रवेश गनै गर्न नदिने योजनाका साथ अगाडी बढ्ने विषयमा बैठकमा छलफल भएको बताए ।
अनर्गल प्रचार गर्ने र अफवाह फैलाउनेलाई कडा कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन पनि दिइएको छ । अफवाह फैलाउने र अनर्गल प्रचार गरेमा १ लाख जरिवाना र ६ महिना कैद हुने व्यवस्था रहेको छ । यसैगरी धेरै सेवाग्राही जमघट हुने सरकारी कार्यालयहरु समेत केही समय बन्द गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।
मालपोत कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुमा सेवाग्राहीको भिड हुने गरेको उल्लेख गर्दै कार्यकारी प्रमुख पोखरेलले पानी, विद्युतको महसुल तिर्ने वा अन्य राजस्व बुझाउने कार्यालयहरुसँग समन्वय गरी यो महिना नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्ने वातावरण मिलाउने र बसपार्क जस्ता धेरै भिड हुने ठाउँमा सतर्कता अपनाउने विषयमा पनि बैठकमा छलफल भएको बताए ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिएको छ। नेपालको एक मात्रै चिडियाखाना शुक्रबारदेखि कार्यान्वयन हुने गरी चिडियाखाना प्रशासनले बिहीबार यो निर्णय गरेको हो। विद्यार्थीहरुको स्कुल बिदा हुने भएका कारण यो महिनाभर आगन्तुकको संख्या बढ्ने भएकोले भिडभाड हुने र संक्रामक रोग फैलने भएकोले यस्तो निर्णय गरिएको हो ।
कोरोनको कारण विश्व बजारमा यतिखेर ठुलो असर परेको छ । संक्रमणबाट थप जटिलतान आओस् भन्नका लागि निश्चित अवधिका लागि होटल, सिनेमाघर, अन्य सर्वसाधारणको भिड हुने ठाँउहरु बन्द भइरहेका छन् ।
यसैक्रममा नेपालमा पाँचतारे होटल हायत बन्द भएको छ । कोरोनाको त्रासले पर्यटक गतिबिधि नै नगन्य भएपछि हायत होटलले ६ हप्ता बन्द गर्ने निर्णय गरेको सञ्चालकले जनाएको छ । होटल सञ्चाकका अनुसार आइतबारबाट होटल ह्यात ६ हप्तालाई बन्द गर्ने निर्णय भएको हो। साथै त्यो बेला बेलासम्म कोरोना भाइरस नियन्त्रणमा आएन भने अझै बढ्न सक्ने पनि महासंघले जनाएको छ ।साथै होटलले बन्द अवधिभर आफ्ना कर्मचारीलाई १२ दशमलव ५ प्रतिशत तलब सुविधा दिने निर्णय समेत गरेको जनाएको छ ।त्यस्तै पर्यटकको आगमनमा आएको कमिका कारण व्यवसायीहरु होटलहरु बन्द गर्न थालेका हुन् ।यसै कोरोनाकै कारण नेपालका अन्य पाँच तारे होटल भिभान्ता, सोल्टी र समिट पनि बन्द गर्ने प्रकृया अघि बढेको छ ।कोरोनाभाइसरको संक्रमण विश्वभर फैलिएपछि सरकारले श्रम स्वीकृतिलाई स्थगित गरेको छ । श्रम स्वीकृति रोकेपछि धेरै रोजगारका लागि विदेश जान पाएनन् । तर, सरकार वैदेशिक रोजगारीमा जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । बिहिबार विशेष पत्रकार सम्मेलन गर्दै सरकारका प्रवत्ता एवम अर्थमन्त्री तथा सञ्चरमन्त्री डा। युवराज खतिवडाले उक्त कार्यक्रममा सहभागि हुन आग्रह गरेका हुन् ।
सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बालगृह र अनाथालयमा समेत पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकमा सांसदहरुले बालगृह, अनाथालाय र कारागार कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद सुवासचन्द्र नेम्वाङले बढी भिड हुने स्थानहरुमा बालगृह, अनाथालय र कारागार पनि रहेको भएपनि यसतर्फ कसैको ध्यान नगएको भन्दै सरकारले समयमै व्यवस्थापन गर्नका लागि समितिले निर्देशन दिनुपर्ने बताए । उनले ‘बालबालिका जम्मा भएका बालगृहहरु, अनाथालयहरु यो पनि अप्ठेरो अवस्थामा छ भन्छन, हामीले यसबारेमा प्रस्ट एउटा छुट्टै बुँदा, यो कारागार, बालगृह र अनाथालय यिनिहरुको बारेमा सरकारले गर है आवश्यक कार्य भनेर भन्दिनु राम्रो हुन्छ ।’
नेपाल समुद्रपार निकासी पैठारी संघले अप्ठेरो बेला सरकारलाई सहयोग गर्ने तथा आपूर्ति चेन बिग्रन नदिने प्रतिबद्धता जनाएको छ । संघको एक प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई भेटेर कोभिड–१९ ले सिर्जना गरेको अहिलेको अप्ठेरो अवस्थामा आपूर्ति चेन खल्बलिन नदिन तथा कालोबजारी र कृत्रिम अभाव रोक्न सरकारलाई सघाउने प्रतिबद्धता जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन । नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताएका हुन् । उनले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने स्पस्ट पारे ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण खाद्य संकट नहुने भन्दै अत्यावश्यकीय वस्तुहरुको लागि नआत्तिन अनुरोध गरेका छन् । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने – ‘कोरोनाका कारण अत्यावश्यकीय वस्तुहरुको अभाव हुन्छ भनेर नआत्तिनुस, ४ देखि ६ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात छ ।’ साल्ट ट्रेडिङसँग अहिले ३ महिनालाई पुग्ने चिनी र १० महिनालाई पुग्ने नुन मौज्दात छ । व्यवसायीहरूसँग समेत चिनी र नुन मौज्दात छ । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक–दुई दिनमै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सहुलियत पसल खोल्छ ।’
खाना पकाउने ग्यास अभाव हुँदैन । विकल्पमा बिजुलीको प्रयोग गर्नुहोस् । पेट्रोलियम पदार्थको विक्रीवितरण नियमित छ । आत्तिनुभएन । मन्त्री भट्टले बजारमा ८ महिना पुग्ने औषधि छ । ‘माक्स र स्यानिटाइजर’को आपूर्ति कम र माग बढी हुँदा केहि अभाव सिर्जना भएको हो ।
छिमेकी मुलुक चीनको वुहान सहरबाट अंग्रेजी वर्षको डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण विश्व त्रसित बनेको छ ।
विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । आक्रमक रुपमा फैलिएको यो भाइरसको विरुद्धको औषधी खोजी गरिरहेको भएतापनि सफलता हासील गर्न सकेको छैन । हालसम्म नेपालमा यो संक्रमण आइसकेको छैन । तर हिजोबाट सरकारले करिब सबै सार्वजनिक स्थल ‘लकडाउन’ गर्न निर्देशन दिएको छ ।
यसैबीच सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री यूवराज खतिवडाले आपूर्ति व्यवस्थापन, तथा व्यवसायीलाई परेको अप्ठेरो हेरेर अर्थमन्त्रालयले काम गर्ने बताएका छन् । सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले यो भाइरसका कारण परेको अप्ठेरो समाधानका लागिहोटल व्यवसायीलाई ऋण तथा अन्य वित्तिय समस्या समाधान गर्न सरकारले गृहकार्य गरिरहेको बताए ।
सरकारले कोरोना भाइरस रोकथामका लागि १ महिनादेखि पूर्वतयारी गरेकोले हवाई तथा स्थल मार्गमा सावधानी अपनाइएको बताए । उनले भने, ‘१ सय ४१ सिमा स्थलमार्गमा सवाधानी अपनाइएको छ। यसका साथै आइसियु बेड, स्वास्थ्यकर्मीलाई चाहिने उपकरण, औषधी, क्वारेन्टाइन, आइसोलेशन वार्डको व्यवस्था गरिएको छ । कोरोना रोकथामका लागि निजी स्वास्थ्य संस्था, सुरक्षाकर्मीलाई आग्रह गरिएको छ ।’
नागरिक सुरक्षाका लागि वैदेशिक रोजगारी तत्काल रोकिएको बताउँदै उनले भने विदेशबाट नेपाल फर्किनेलाई पनि रोकिएको छ ।
छिमेकी देशले उपकरण तथा प्राविधिक सहयोग गर्ने बताएको उल्लेख गर्दै उनले कालोबजारी गर्नेलाई समातिरहेको बताए । अहिले बजारमा मास्क सेनीटाईजर ग्यास अभाव सिर्जना गरिएको छ ।
कोरोनाबाट सबैभन्दा छिटो पर्यटन व्यवसाय, हवाई क्षेत्र, होटल, ह्यान्डीक्राफ्ट व्यवसाय प्रभावित भएको र छिट्टै आफ्नै लयमा फर्कने उनको भनाई छ । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटनको ३ प्रतिशत योगदान रहेकोले फ्रेबूअरी र मार्चमा भएको पर्यटनको क्षतिलाई अफसिजनमा छिमेकी देशबाट पर्यटक ल्याएर पूर्ति गर्न सकिने उनको भनाई छ ।
विदेश जान रोकिएकालाइै प्रधानमन्त्री रोजगारी कार्यक्रममा सुचिकृत हुन उनले आग्रह गरे । उनले थपे, सानो ठूलो वा टेबुल वर्क गर्छु भनेर मात्रै भएन ।
रेमिट्यान्स कम भएपनि अहिलेको स्थितिमा समस्या नपर्ने उनी बताउँछन् । आर्थिक क्षेत्रमा प्रतिकूल अवस्था परिसकेको छैन ।
रसुवागढी नाकामा १४ दिनभन्दा बढी समय होल्डमा बसेका कन्टेनर छुटाउनेबारे छलफल भइरहेको छ ।
केही विकासका आयोजनामा चिनियाँ कामदार स्वदेशमा रोकिएका कारण केही समयपछि फर्कने र आयोजनाको काम अघि बढ्ने उनको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया