काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीहरुलाई धार्मिक गतिविधि सञ्चालनमा पुनर्विचार गर्न अपिल गरेका छन् ।
कोरोना भाइरस (केभिड–१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरुलाई संयमता अपनाउन र कार्यक्रमहरुमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले आग्रह गरेको हो । सरकारले कुनैपनि सार्वजनिक सभा समारोह, ठूला भेलाहरु, जात्रा, महोत्सव, र भोजभतेर नगर्नु भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनले बताए । उनले भने ‘अहिलेको परिस्थिति समान्य परिस्थिति होइन । कुन ठाउँबाट कोरोना भाइरस बाहिर निस्किन्छ कुन ठाउँबाट निस्किदैन भन्ने कुरा कसैले भन्न सक्दैन । त्यसकारणले कुनैपनि धार्मिक समुदायले आफ्ना नियमित कृयाकलापहरुमा समेत पुर्नविचार गर्नुप-यो । पूर्ण सावधानी अपनाउन प-यो ।’
मन्त्री भट्टराईले सरकारले पशुपतिनाथमा दर्शन गर्न समेत २५/२५ जनाको दरले जाने र कम्तिमा एक मिटरको दुरीमा रहने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताए । उनले देश बहु धार्मिक बहु भाषिक मुलुक भएकाले सबै धर्मावलम्बीहरुले संयमता अपनाई आफ्ना कार्यक्रमहरुमाथि पुर्नविचार गर्न आग्रह गरे ।
अहिले पशुपति क्षेत्र वरिपरि विभिन्न जात्रा सुरु हुन लागेको, बुद्ध धर्मावलम्बीहरुको सामुहिक प्राथना हुने र त्यस्तै भोली शुक्रबार मुस्लिम धर्मावलम्बीहरुको नवाज अदाह गर्ने र क्रिश्चियन धर्मावलम्बीहरुको विशेष प्रार्थना गर्ने दिन भएकाले ती कार्यक्रममाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया