काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिराहको बरियारपट्टि गाउँपालिका–१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको स १ प ८३३१ नंको मोटरसाइकलमा लुकाइछिपाई ल्याइरहेको लागुऔषध डाइलेक्स डिसी १०० एमएलका ५० बोतलसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया