कोरोनाले युरोकप प्रभावित

कोरोना भाइरसको महामारीले यस वर्षको पूर्वनिर्वारित युरोकप नहुने भएको छ ।

युरोकप यसैबर्षको जुन १२ देखि जुलाई १२ सम्मका लागि तय भएको थियो । तर, कोरोनाकै कारण युरोपेली फुटबल महासंघ (युईएफए) को मंगलबार बसेको आकस्मिक बैठकले युरोकप सन् २०२१ को जुन ११ देखि जुलाई ११ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

युरोपमा कोरोनाको संक्रमण अत्याधिक देखिएको छ भने त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?