धनुषा । प्रदेश २ सरकारले विषादीयुक्त मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
धनुषाको क्षीरेश्वरनाथमा विादीयुक्त मदिरा सेवनबाट १७ जनाको मृत्यु भएको थियो । सोमबार बसेको प्रदेश २ को मन्त्रीपरिषदको बैठकले तीन लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार स्थानीय तह र प्रहरी प्रशासनले दिने प्रतिवेदन अनुसार पीडित परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया