काठमाडौं, १९ माघ- भारतीय दुई कम्पनीले नेपालमा क्यासिनो सञ्चालनका लागि ५० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् । प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरले काठमाडौं र एसएचएल म्यानेजमेन्ट सर्भिसेसले रूपन्देहीमा क्यासिनो सञ्चालन गर्न गरेको प्रस्तावलाई उद्योग विभागले स्वीकृति दिइसकेको छ भारतीय प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरको २५ करोड रुपैयाँमा क्योसिनो सञ्चालन गर्ने प्रस्तावमा विभागले सहमति दिएको हो । कम्पनीले ८५ प्रतिशत विदेशी लगानी र १५ प्रतिशत नेपालीको लगानीमा क्यासिनो सञ्चालन गर्न लागेको छ । क्यासिनो सञ्चालनमा आएपछि कम्पनीले २५ जनालाई रोजगारीको अवसर दिने उल्लेख गरेको छ यसैगरी एसएचएल म्यानेजमेन्ट सर्भिसेसले पनि २५ करोड रुपैयाँकै लगानीमा रूपन्देहीमा क्यासिनो सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृति लिएको छ । यस कम्पनीमा ९० प्रतिशत विदेशी लगानी र १० प्रतिशत नेपाली लगानी रहनेछ । क्यासिनो सञ्चालनमा आएपछि पाँच सय जनाले रोजगारी पाउनेछन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया