भारतीय विदेशमन्त्री स्वराज नेपालमा

काठमाडौँ, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुगेका छन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले आपसी हितका विविध विषयमा प्रमुख राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?