कांग्रेसमा थपिए ११ जना केन्द्रीय सदस्य

काठमाडौं-  नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् । काग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार ११ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेसँगै ११ जना केन्द्रीय सदस्य थपिएका हुन् ।

रामजनम चौधरी, नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?