‘फाल्गुनन्द विकास परिषद् कार्यविधि–२०७६’ पारित

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाको कार्य सञ्चालनमा सघाउ पु¥याउने गाउँपालिका विकास परिषद् गठन गर्ने भएको छ । गाउँपालिकाको हालै सम्पन्न छैटौँ गाउँसभाले उक्त परिषद् गठनका लागि ‘फाल्गुनन्द विकास परिषद् कार्यविधि–२०७६’ पारित गरेको हो ।

गाउँपालिकामा नीति निर्माणदेखि विकास निर्माणका आयोजनाको प्रभावकारी अनुगमनसमेतमा सहयोग पुग्ने उद्देश्यले उक्त परिषद् गठन हुन लागेको हो । गाउँसभाबाट पारित कार्यविधिअनुसार उक्त विकास परिषद्ले गाउँपालिकामा कानून निर्माणमा सघाउ पु¥याउने तथा आवश्यक परामर्श र सुझाव दिनेछ । यस्तै गाउँपालिकाभित्र सञ्चालन हुने सबै विकास आयोजनाको कार्यान्वयन र सञ्चालनमा सहयोग पुग्ने अपेक्षासहित उक्त कार्यविधि पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए।

गाउँपालिकाले सञ्चालन गर्ने गतिविधिमा सबै पक्षलाई समेट्न परिषद् प्रभावकारी हुने आफूहरुको विश्वास रहेको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताए । कार्यविधिअनुसार उक्त परिषद्ले गाउँपालिका र गाउँ कार्यपालिकाको कार्यालयलाई समेत सेवाप्रवाहका विषयमा सल्लाह, सुझाव दिन सक्नेछ ।

उक्त परिषद्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष, गाउँपालिकाबाट जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्ने व्यक्ति, गाउँपालिकाभित्र क्रियाशील सबै राजनीतिक दलका प्रमुखहरु र राष्ट्रिय जीवनमा योगदान पु¥याएका गाउँपालिकाभित्रका नौ व्यक्ति सदस्य रहने कार्यविधिले व्यवस्था गरेको छ । प्रदेश नं १ सरकारको अवधारणाअनुसार विकास परिषद् निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले बताए। गाउँपालिकाले प्रदेश नं. १ मै पहिलोपटक उक्त कार्यविधि निर्माण गरिएको दाबी पनि गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?