काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमै पुगेर क्वात्राले पोखरेलसँग भेटघाट गर्नुभएको हो । भेटमा भारतीय राजदूत क्वात्राले ‘ह्वाट गान्धी मिन्स टु मि’ पुस्तक दिएका थिए ।नेपालका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘द नेपाल आर्मी’ नामक पुस्तक र हिमालको पेन्टिङ दिए ।
क्वात्राले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाउनुभएको थियो । राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएपछि उनी उपराष्ट्रपति नन्दबहादुर पुनसँग सिष्टाचार भेटघाट गरेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई भेट्न सिंहदरबार गएका हुन् ।
क्वात्रा आइतबार नेपाल आएका हुन । यसअघि फ्रान्सका लाग भारतीय राजदूत रहिसकेका क्वात्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पठाएका हुन । मञ्जिवसिंह पुरी यसअघि नेपालका लागि भारतीय राजदूत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया