सामूहिक बलात्कारको अनुसन्धान गर्न टोली गठन

काठमाडौँ, १७ माघ – राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्न आज एक टोली गठन गरी काम शुरू गरेको छ आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा आयोगले आजै एक अनुसन्धान टोली गठन गरी काम शुरु गरेको उल्लेख छ आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनासँग सम्बन्धित उजुरीको दर्ता, छानबिन तथा तथ्य संकलन कार्यलाई प्रभावकारी बनाइ नागरिकलाई न्यायमा पहुँच पु¥याउन नेपाल प्रहरीलाई आग्रह गरेको छ यौनजन्य हिंसा तथा बलात्कारका घटनाको उजुरी दर्ता, छानबिन र तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर र संवेदनशील नहँुदा पीडित न्यायबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण भएको उल्लेख छ यस्ता घटनामा पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरेको छ । तर व्यवहारमा सामूहिक बलात्कारको घटनासमेतलाई सामाजिक वा पारिवारिक डर, धम्की र आर्थिक प्रलोभन देखाइ मेलमिलापमा टुंग्याउने गरेको पाइएको आयोगले जनाएको छ बलात्कार जस्तो गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनका घटनाको सम्बन्धमा नेपाल प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गर्ने, उजुरी दर्ता भए पनि घटनाको अनुसन्धान प्रभावकारी नहुने गरेको पाइएको छ नागरिकको मानव अधिकारको रक्षार्थ स्थापना भएका निकायबाटै यस्ता प्रकारका कार्य हुनु कदाचित उचित मान्न नसकिने र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानूनविपरीत भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?