थाईल्याण्डले नेपाललाई दियो ६७ रनको झिनो लक्ष्य

काठमाडौं । एशिया ईस्टर्न रीजन टी-२० क्रिकेटमा आयोजक थाईल्यान्डले नेपाललाइ ६७ रनको झिनो लक्ष्य प्रश्तुत गरेको छ ।

निर्धारित २० ओभरको खेलमा पुरा ओभर खेलेको आयोजक राष्ट्र थाईल्यान्डले जम्मा ६६ रन मात्र बनाउन सकेको हो । थाइल्याण्डलाई कम स्कोरमा समेट्न नेपालको तर्फाबाट तीव्र गतिका बलर करण केसीले तीन विकेट लिए भन।

अविनाश बोहराले दुई तथा लेग स्पिनर सन्दिप लामिछाने र आजको खेलबाटै डेब्यु गरेका भुवन कार्कीले समान एक(एक विकेट लिन सफल भए।

प्रतियोगितामा सिङ्गापुर पनि समावेश छन्। नेपालले शुक्रवार सिङ्गापुरसँग आफ्नो अन्तिम खेल खेल्नेछ।

सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्ने छन्।

मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी-२० एशिया कप खेल्ने देश छनोट हुनेछ।

एशिया कपमा भारत, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान पनि सहभागी हुनेछन्।

थाईल्यान्डका लागि हेनो जोर्डनले दोहोरअङ्क जोड्न सके भने अन्य कुनै पनि दोहोरो रनको स्कोर बनाउन सकेनन् । हेनो जोर्डनले १३ रन बनाएका थिए।

प्रतियोगितामा नेपालले मलेशिया र हङ्‍कङसँग खेलेको आफ्नो पहिलो दुई खेल हारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?