जनकपुर प्रदेश नम्बर २ सरकारले होली पर्वको अवसरमा दुई दिन विदा दिने निर्णय गरेको छ ।
नेपाल सरकारले होली पर्वमा एक दिनको सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश नम्बर २ सरकारले दुई दिन बिदा दिने निर्णय सार्वजनिक गरेको हो ।
प्रदेश सरकारले होली पर्वको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
१५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापनसङ्गै यस क्षेत्रमा होली मनाइने परम्परा छ । फागुन २५ गते जनकपुरधाम पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइनेछ । पहाडी जिल्लाहरुमा भने फागुन २६ गते होली मनाईन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया