प्रधानमन्त्री ओलीले ट्वीट मार्फत् रिप्लाइ दिँदै मोदीलाई भने – ‘नजिक रहेर काम गर्न तयार छु’

काठमाडौं – मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वास्थ्यलाभको कामनासहितको ट्वीटमा रिप्लाइ गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, मेरो शल्यक्रियाको सफलता र छिटै बिसेकको कामना गर्ने प्रधानमन्त्री मोदीजीलाई धन्यवाद। हाम्रो निकटको दौत्य सम्बन्धलाई प्रकट गर्ने स्नेही शब्दहरु हुन् यी। म नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाई दिन तपाईँसँग नजिक रहेर प्रतिवद्ध रुपमा काम गर्न तयार छु ।

 


मोदीको शुभकामना यस्तो थियो

सोमबार बिहान ट्वीट गर्दै मोदीले भनेका छन्, ‘प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईंलाई सफल शल्यक्रियाको कामना। भगवान पशुपतिनाथले तपाईंलाई सधैँ सुस्वास्थ्य र दीर्घायूको आशीर्वाद दिउन्।’


प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार प्रत्यारोपणको तयारी छ। दोस्रो पटक ओलीको मिर्गौला प्रत्यारोपण हुन लागेको हो। यसअघि १३ वर्षअघि प्रत्यारोपण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?