काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गरेका छन् । मोदिले सोमवार विहान ट्वीट गर्दै मिर्गौला प्रत्यारोपण सफल होस् भन्दै शुभकामना व्यक्त गरेका हुन् ।

मोदिले स्वास्थ्य लाभको कामना गर्दै ट्वीटमा भनेका छन् “मेरा प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र छिटै तन्दुरूस्तीको कामना गर्दछु। भगवान् पशुपतिनाथले सधैँ तपाईंको सुस्वास्थ्य, खुसी र दीर्घायूको आशिर्वाद दिऊन्। नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईंको निरन्तर योगदान भइरहेको हेर्न चाहन्छु।”
यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदै छन् । आइतवार सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया