सामान्य विवाद हुँदा छुरा प्रहार गरी छिमेकीको हत्या

काठमाडौं । कटहिरिया नगरपालिकामा धारिलो छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । शुक्रबार राति ८ बजे कटहिरिया नगरपालिका–२ जमुनियामा सामान्य विवादका कारण २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० वर्षीय अब्दुल खैरको पेटमा छुरा प्रहार गरी हत्या गरेका हुन् ।

सामान्य विवाद पछि कुटपिट भएको र आक्रोसित बनेका मुस्ताख आलमले घरबाट ल्याएको छुरा निकालेर अब्दुल खैरको पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरे लगतै मुस्ताख आलम जमुनियाबाट फरार भएका थिए । घटनाको झण्डै २ घन्टापछी हत्याका आरोपी आलमलाई गुजरा नगरपालिका–६ खतवहिया गाँउबाट पक्राउ परेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ । मृतक अब्दुल खैर दुईसाता अघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । छुरा प्रहार गर्ने आलमलाई लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?