दिल्लीमा ज्ञानेन्द्रले भेटे भारतीय नेता

दुई साता लामो भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार आज आइतबार नेपाल आइपुग्ने कार्यक्रम छ। भारतको नयाँदिल्ली र अमृतशहरस्थित शिखहरूको पवित्र तीर्थस्थल स्वर्ण मन्दिर दर्शन गर्न पुगेका ज्ञानेन्द्र आज साढे २ बजे नेपाल फर्कने बताइएको छ।

पूर्वरानी कोमलको फागुन ७ गतेको जन्मोत्सव पारेर अमृतशहर पुगेका ज्ञानेन्द्र परिवारले स्वर्ण मन्दिरको दर्शन गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ।

ज्ञानेन्द्रको साथमा पत्नी कोमल, बहिनी शोभा शाही, ज्वाइँ मोहनबहादुर शाही, सालाभाइ उदयशमसेर राणा र उनकी धर्मपत्नी रोशनी राणा, निजी सचिव सागर तिमल्सिना र निजी अंगरक्षक सशस्त्रका डीएसपी राजेन्द्र गुरागाईंसहित करिब १२ जनाको टोली भारत पुगेको थियो। यही फागुन ४ गते भारत भ्रमणमा निस्केका ज्ञानेन्द्रले भारतको राजधानी नयाँदिल्लीमा उच्च राजनीतिक भेटघाट गरेको स्रोतको दाबी छ।

‘उहाँले आफू निकटका केही भारतीय नेतालाई मात्र भेट्नुभएको छ’ –उच्च स्रोतले भन्यो। दुई साता भारत बसाइको क्रममा उनले केही अन्य धार्मिक तीर्थस्थलको समेत भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?