ग्रील तथा स्टील व्यवसायीहरुले तत्काल सामाजिक सुरक्षा कोषमा जान नसकिने बताएका छन् ।
सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य जानैपर्ने नियम बनाएपनि तत्काल त्यो अवस्था नरहेको व्यवसायीहरुले बताएका हुन् । ग्रील तथा स्टील व्यवसायी महासंघका अधयक्ष मोहन कटुवालले तत्काल सामाजिक सुरक्षा कोषमा जान सक्ने अवस्था नभएपनि ढिलो चाँडो जानैपर्ने बताउनुभयो । न्यूनतम पारिश्रमिक दिनुपर्ने अवस्थामा पनि समस्या भइरहेको बेला सामाजिक सुरक्षा कोषमा तत्काल जान नसकिने उहाँले बताउनुभएको हो । उहाँले न्यूनतम पारिश्रमिक नपाउने÷दिन नसकिएको समस्या सामाधानका लागि पहल भइरहेको उहाँले बताउनुभयो । मजदूरहरुको न्युनतम ज्याला र तलब, सुरक्षाका दृष्टिकोणले आवश्यक पर्ने सामग्रीहरुको उचित व्यवस्थापन गर्न पनि उहाँले उद्योगिहरुलाई आग्रह गर्नुभयो ।
उहाँले संघभित्र देखिएका कमिकमजोरीहरु हटाएर अगाडी बढ्ने विश्वास पनि ब्यक्त गर्नुभएको छ । साथै व्यवसायीहरुलाई व्यवसायीक बन्न पनि उहाँले आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया