काठमाडौंँ । विश्वमै कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त बनाइरहेको अवस्थामा नेपालमा भाइरस प्रवेशै हुन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेपछि सरकारले कोराना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाएको जानकारी दिएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले डब्लूएचओले देशको स्वास्थ्य प्रणाली हेरेर जोखिम, उच्च जोखिम र अति उच्च जोखिममा राखेको बताउनुभयो । हाम्रो देशमा कोरोना भाइरसबाट हाल सङ्क्रमित कोही छैनन् तर डब्लूएचओले अति उच्च जोखिममा राखेको छ । यसअघि चीनबाट आएका एक नेपालीलाई कोरोना भाइरस भए पनि उपचार भइसकेको छ ।
महानिर्देशक श्रेष्ठले जापान, दक्षिण कोरिया लगायतका देशमा सयौँ व्यक्तिलाई सङ्क्रमण देखिएको छ तर ती देशलाई उच्च जोखिममा मात्र राखिएको छ भन्नुभयो । डब्लूएचओले नेपालको स्वास्थ्य प्रणाली अस्तव्यस्त भएका कारणले अति उच्च जोखिममा राखेको जानकारी पनि दिनुभयो । महानिर्देशक श्रेष्ठले नेपालसहित श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान जस्ता देशलाई पनि अति उच्च जोखिममा राखेको जानकारी दिनुभयो । डब्लूएचओले अफ्रिकी मुलुकका अधिकांश देशलाई अति उच्च जोखिममा राखेको छ ।गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया