काठमाडौं । ४ फेब्रुअरी सन् २००४ मा स्थापना भएको फेसबुकले छोटै समयमा विश्वभरीका अधिकांश मानिसहरुलाई जोड्न सफल भएको छ ।
गत फेब्रुअरी ४ का दिन फेसबुक स्थापना भएको १६ वर्ष पुगेको छ। फेसबुकले भौतिक रुपमा टाढा रहेका आफ्ना आफन्तसँग भर्चुअल रुपमा भेट्न मात्रै होइन, फेसबुकले जीवनका महत्वपुर्ण घटनाहरुलाई पनि कैद गरेर राख्न र सबैलाई देखाउन समेत सहयोग गर्दछ।
फेसबुकले मानिसका दैनिक कृयाकलाप र इतिहासलाई समेत कैद गर्न सहयोग गर्दछ।
फेसबुुकको स्थापनाकालमा यसलाई ‘द फेसबुक’ नाम दिइएको थियो। त्यतिबेलादेखि नै फेसबुकमा साथी बनाउनेदेखि फोटो र भिडियो पोस्ट गर्न मिल्ने सुविधा थियो।
फेसबुकले आफ्ना प्रयोगकर्तालाई गीत सुन्ने सुनाउने सुविधा पनि दियो। तर, शुरुवातको एक वर्षमै अर्थात् सन् २००५ मा यसको नाम फेरेर फेसबुक बनाइयो।
सन् २०१३ देखि २०१४ सम्ममा फेसबुकले करिब ४० देशको मोबाइल कम्पनीसँग सम्झौता गरेको थियो। सम्झौता गरिएको देशमा फेसबुक निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था भयो। तर सन् २०१६ मा फेसबुकले उक्त सम्झौता खारेज गरिदियो।
फेसबुक भन्ने बित्तिकै यसको रंगको पनि चर्चा हुने गर्दछ। उसले निलो रंगलाई आफ्नो ब्रान्ड नै बनाइसकेको छ। फेसबुका संस्थापक तथा सिइओ मार्क जुकरवर्गलाई कलर ब्लाइन्डनेसको समस्या छ।
उनी रातो र हरियो रंग चिन्न सक्दैनन्। तर, निलो रंग भने उनी रम्रोसँग चिन्न सक्दछन्। त्यसैले उनले आफ्नो उत्पादनमा पनि निलो रंगको प्रयोग गरेका हुन्।
फेसबुकमा हरेक १५ मिनटमा ४ करोड ८० लाख भन्दा धेरै पोस्ट हुने गरेका छन् ।
फेसबुकको तथ्यको बारेमा गरिएको एक अध्यायनका अनुसार हरेक १० मिनटमा एक लाख भन्दा धेरै फ्रेन्ड रिक्वेस्ट र एक मिनटमा पाँच लाख भन्दा धेरै लाइक र एक दिनमा करिब ३ करोड ५० लाख फोटो पोस्ट हुने गरेको अध्ययनले देखाएको छ।
त्यतिमात्रै होइन अहिलेसम्म फेसबुकमा २ अर्ब ५० करोड प्रयोगकर्ता जोडिएका छन् ।
एजेन्सीको सहयोगमा
फेसबुक बारे जान्नै पर्ने ५ रोचक तथ्य !
नेपाल प्रहरी भगवान बन्यो, फेसबुकले लेख्यो : धन्यवाद !
प्रशंसकदेखि आलोचकसम्मको साझा थलो : फेसबुकमा के लेख्ने के नलेख्ने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया