नेपालले किन्यो साढे ३ अर्बको धान

सात महिनामा वीरगन्ज नाकाबाट धान आयात गर्दा ३ अर्ब ४८ करोड ८९ लाख रकम बाहिरिएको छ ।
आयात प्रतिस्थापन गर्ने सरकारको दावीलाई चुनौति दिँदै गत सात महिनामा मात्रै यो भन्सार नाकाबाट यति धेरै रकमको धान आयातमा रकम बाहिरिएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
गत आर्थिक वर्ष २०७५–०७६ मा भने यो नाकाबाट सात महिनाको अवधिमा २ अर्ब ५७ करोड १५ लाख ७७ हजारमात्र बाहिरिएको थियो । तर चालू आबमा भने ९१ करोड ७४ लाख १२ हजार रकम धान आयातमा मात्र थप भएर उक्त रकम पुगेको भन्सारको तथ्यांकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?