काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै पार्टीलाई एकजुट राख्ने उद्घोष गरेका छन् ।
नेकपाको बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गर्दै पार्टीलाई एकजुट राख्न कुनै कसर बाँकी नराख्ने बताए । अर्का अध्यक्ष दाहालले सानातिना विवादले पार्टी एकतामा कुनै समस्या नपार्ने बताए । उनले विवाद हुँदै जाने र त्यसको समयमै व्यवस्थापन गरी पार्टीलाई झनै ऊर्जावान् र शक्तिशाली बनाइने बताए ।
त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने र एकजुट बनाएर लैजाने प्रतिबद्धता जनाए । उनीहरू पार्टीमा देखिएको समस्या समाधान गर्दै एकजुट बनाउनुपर्नेमा सहमत देखिए ।राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया