काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका व्यक्ति सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सल्लाहकार भनेर प्रचार भएकोमा प्रहरीले खण्डन गरेको छ ।
एक युवती बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका अमृत कुमार घले राज्य मन्त्रीको आर्थिक सल्लाहकार नभएको काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होविन्द बोगटीले जानकारी दिएका हुन् ।
‘विभिन्न सञ्चार माध्यममा यस कार्यालयमा अनुसन्धानको क्रममा रहेका अमृत कुमार घले शहरी विकास राज्यमन्त्रीको आर्थिक सल्लाहकार भनि प्रकाशित समाचार यस कार्यालयबाट सम्प्रेषण नभएको र निज आर्थिक तथा कुनै पनि सल्लाहकार नभएको जानकारी समेत मन्त्रालयबाट प्राप्त भएको जानकारी गराउँदछौ’, बोगटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया