काठमाडौं । नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी दुर्घटना हुँदा मैनाली गम्भीर घाइते भएका छन् । महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार महोत्तरीको बर्दिवासमा दुर्घटना भएको हो ।
दुर्घटनामा महासचिव सिपि मनौलीका छोरा, बुहारी , नाती र चालक समेत गरी पाँच जना घाईते भएका छन् ।
दुर्घटनामा मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् । 
दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिए ।
मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भिर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । गम्भिर घाईते दुवैलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल ल्याईएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भईरहेको छ ।
बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएर भएको दुर्घटनामा उनी गम्भिर घाईते भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया