नेकपामा बबन्डर सुरु

राष्ट्रियसभामा बामदेव गौतमलाई पठाउने कि युवराज खतिवडालाई पठाउने भन्नेमा नेकपामा बबन्डर सुरु भएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । नेकपा सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।
बुधबार आफूसमेत उपस्थित बैठकबाट निर्णय भएको दुई घण्टा नबित्दै ओलीले त्यसलाई नमान्ने भन्दै पार्टी सचिवालयको सिफारिसलाई चुनौति दिएका थिए । सचिवालय बैठकले भने अगौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गरी सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?