कोरोनाविरुद्ध विमानस्थलमा उच्च सतर्कता

काठमाडौँ । चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ ।

नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो ।

विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भएकाले नेपाल पनि जोखिममा रहेकाले सतर्कता अपनाउन थालिएको जानकारी दिए । हाल नेपालमा कोरोना सङ्क्रमण नभएको उनले स्पष्ट पारे । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?