रेड पाण्डाको छालासहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले दुर्लभ रेड पाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका ३९ वर्षिय सुर्य बहादुर भुजेल, धादिङका ४० वर्षमा सुक बहादुर लामा, कास्कीका ३७ वर्षिय युबराज सापकोटा र काठमाडौंकी ४० वर्षिया कमला तामाङछन् ।

रेडपाण्डाको अबैध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई बुढानिलकण्ठबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

उनीहरको साथबाट रेड पाण्डाको छाला १ थानसमेत बरामत गरि पक्राउ गरिएको हो । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?