कोरोना फैलिएपछि दक्षिण कोरिया जाने श्रमिकलाई तत्काल नपठाउन आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले दक्षिण कोरीयामा जाने नेपाली श्रमिकहरुलाई तत्काल नपठाउन आग्रह गरेको छ ।

कोरियामा कोरोनाको प्रकोप बढिरहेकोले तत्काल नपठाउन आग्रह गरेको हो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आगामी फागुन १८ गते कोरिया पठाउन लागिएको नेपाली कामदार नपठाउन सिफारिस गरिएको बताएका छन् ।

लसम्म दक्षिण कोरियामा सरकारीस्तरबाट करिब ४० हजार नेपाली गएको दाहालले बताए ।

दक्षिण कोरियामा सरकारिस्तरबाट नेपाली कामदार पठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?