चुरोटको ठुटोबाट सल्केर सिंहदरबारस्थित एक भवनमा आगलागी !

काठमाडौं- सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । आगलागीबाट मानविय क्षति भएको छैन । केही कागजात जलेर नष्ट भएका छन्
। ननिभेका चुरोठका ठुटाबाट हिजो (आइतबार) नेपाल टेलिभिजन नजिक रहेको हुलाक सेवा विभागको भवनमा आगलागी भएको हो ।

प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टबिनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो । डस्टबिनमा चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन ।

साँझ ७ः२५ बजे सुरु भएको आगलागी करिब आघा घण्टापनि नियन्त्रणमा आएको थियो ।

अगलागी भएको भवनमा संसद भवन निर्माण सचिवालय निर्माणको कार्यालय, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?