माइतिघरमा शान्ति समाजको प्रदर्शन: यो सरकारः घोटलामा लिप्त भएको सरकार !

काठमाडौं । विभिन्न भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । शान्ति समाजले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

शान्ति समाजले बालुवाटारको ललिता निवास जग्गा प्रकरण, वाइडबडी विमान खरिद प्रकरण, सेक्युरिटि प्रिन्टिङ प्रेस खरिदलगायतका काण्डको छानबिन गरी कारबाहीको माग गर्दै प्रदर्शन जनाएको छ । त्यहा उपस्थितहरुले यो सरकारः घोटलामा लिप्त भएको सरकार, ठुला नेता मिलेका अर्बाै रुपैयाँ निलेका लगायतका पर्चा लिएर विरोध प्रदर्शन गरेको हो ।

शान्ति समाजले नागरिकको अधिकार हनन गर्ने खालका विवादास्पद विधेयकहरु फिर्ता लिन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?