सेक्युरिटी प्रेस स्थापना प्रक्रिया स्थगित गर्न निर्देशन

काठमाडौं । सेक्युरिटी प्रेस स्थापना प्रकृयाका सबै काम अगाडि नबढाउन संसदको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

अनियमितता भएको उजुरीबारे निर्णय गर्न बसेको संसदको समितिले उक्त निर्देशन दिएको छ । सिंहदरबार आज बसेको बैठकले उक्त विषय जटिल बन्दै गएकोले गहन अध्ययनको आवश्यकता रहेको निष्कर्ष निकाल्दै अर्को निर्णय नभएसम्मका लागि सबै प्रकृया रोक्न निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?