प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई बोलाए बालुवाटार

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई छलफलका लागि बालुवाटार बोलाएका छन् । सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे ७० करोड बढीको डिल गरेको दावीसहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो । उक्त अडियो बाहिरिएसँगै मन्त्री बाँस्कोटालाई राजीनामा दिन दवाव परेको छ ।

प्रिन्टिङ प्रेस सम्बन्धी स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रले अडियो लिक गराएका हुन् । यो अडियो बाहिरिएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन चौतर्फी दवाव परेको हो ।

७० करोड रुपैयाँ कमिसनमा मुछिएसँगै प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएका हुन् ।

बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा ओली र अर्का अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डबीच त्यस विषयमा छलफल समेत भएको थियो । उक्त छलफलले बाँस्काटोले राजीनामा दिनु ठीक हुने निष्कर्श निस्किएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?