काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका विषयमा प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले तीन वटा माग राखेको छ ।
बैठकको विशेष समयमा बौल्दै कांग्रेस नेता जितेन्द्र नारायण देवले उक्त विषयमा कांग्रेका माग राख्दै संसद चल्न नदिने बताए ।
कांग्रेसको पहिलो माग सञ्चारमन्त्री गोकुल बाँस्कोटलाई तत्काल बर्खास्त गर्नुपर्ने, दोस्रो दुधको दुध पानिको पानि छुट्याउनु पर्ने र तेस्रो घटनाको विषयमा प्रधानमन्त्रीको धारणा सार्वजनिक रुपमा दिनुपर्ने माग गर्दै बैठक अवरोध गरेको छ ।
कांग्रेसले बैठक अवरोध गरेपछि फागुन १५ गते १ बजे बस्ने गरि बैठक स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया