काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा टोटनहम पराजित भएको छ ।
बुधबार राति १६ को पहिलो लेगको खेलमा टोटेनहमलाई जर्मन क्लब आरबी लिपजिगले १-० ले पराजित गरेको हो । घरेलु मैदानमै पहिलो लेगको खेलमा पराजित भएपछि टोटेनहमको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।
खेलको ५८ औं मिनेटमा टिमो वार्नरले पेनाल्टीमा गरेको गोल लिपजिगलाई पहिलो लेगमा जित दिलाए । कप्तान ह्यारी केन र सन ह्युङ मिनलाई चोटका कारण गुमाएको टोटेनहमले जर्मन क्लबबिरुद्व जित निकाल्न सकेन ।
दोस्रो लेगको खेल लिपजिगको घरेलु मैदानमा हुनेछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया