काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा लिभरपुल पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुल एट्लेटिको मड्रिडसँग पराजित भएको हो । लिभरपुल एट्लेटिको मड्रिडसँग १-० गोल अन्तरले पराजित भएको छ । साउल निगुएजले खेलको चौथो मिनेटमा गोल गर्दै एट्लेटिकोलाई विजयी बनायो ।
दोस्रो लेगको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । दोस्रो लेगको खेल मार्च ११ मा हुनेछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया