काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल काँग्रेसमाथि खनिएका छन् । उनले प्रमुख प्रतिपक्षी दल काँग्रेससमेत सबैरुपमा नालायक बनेकाले उसबाट विकास र समृद्धि सम्भव नभएको दावी गरे ।
मंगलबार नेकपा कर्णाली प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार प्रशिक्षण कार्यक्रममा नेता नेपालले भनेका थिए, ‘ नेपाली काँग्रेस भनेको सबैरुपमा नालायक पार्टी हो । यो पार्टीले केही गर्न सक्ने अवस्था छैन । अब आशा नेकपासँग मात्रै छ ।’
उनले कम्युनिष्टहरु देशभक्त र स्वाभिमानी हुनुपर्नेमा जोड दिँदै त्याग, तपस्या र बलिदान कम्युनिष्ट पार्टीले बिर्सन नहुने बताए ।
कम्युनिस्ट कमिटी प्रणालीमा चल्नुपर्ने र व्यक्ति केन्दीत हुन नुहुने पनि नेता नेपालले धारणा राखेका थिए । कतिपयमा नेताको प्रशंशा र वरिपरी घुमेर फाइदा लुट्ने चरित्र देखिएको भन्दै त्यसले पार्टीको हित हुन नसक्ने धारणा राखे । पार्टी र सरकारले जनतको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै नेता नेताले पार्टी विधि र पद्धतिमा चल्नुपर्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया