दक्षिण कोरियामा इलामका लिम्बूले गरे झुण्डिएर आत्महत्या

इलाम । इलामका एक युवकले लक्षिण कोरीयामा आत्महत्या गरेका छन् । इलामको माङ्सेबुङ गाउँपालिका–३ इलामका २७ वर्षीय यामकुमार लिम्बूले आत्महत्या गरेको परिवारले जनाएको छ ।

तीन वर्ष अघि रोजगारिका क्रमममा लिम्बू कोरिया पुगेका थिए । उनले काफ्नो कोठासँगै रहेको गोदाम भित्र झुण्डिएर आत्महत्या गरेको मिर्याङ नेपाली समाजका शम्भु राउतले बताए ।

लिम्बू दक्षिण कोरियाको राजधानी सौलबाट करिब तीन सय ४५ किलोमिट टाढा ख्यङसान नाम्दोस्थित मिर्याङ शहर नजिकै एक स्याउ खेतीमा काम गर्दै आएका थिए ।

लिम्बूले केहिदिन अघिबाट आफु विदामा नेपाल जान कम्पनीको बोससँग कुरा गर्दे आएका थिए ।

उनले मानसिक तनावका कारण आत्महत्या गरेको हुनसक्ने बताइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र आत्महत्याको कारण खुल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?