काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा मनाङले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको हो । मनाङको जितमा निशान लिम्बुले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५७ औं मिनेटमा निशानले गोल गरेका थिए ।
जितसँगै मनाङले तेस्रो स्थानमा कब्जा जमाएको छ । मनाङले १३ खेलमा २८ अंक जोड्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया