काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको आफ्नो अन्तिम खेलमा शेर्पाले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।खेलको ३० औ मिनेटमा एनआरटीले राजेश परियारको गोलबाट अग्रता बनाएको थियो । खेलको ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । विदेशी खेलाडी स्टेफन समिरले गोल गरेका थिए ।
पहिलो हाफको ईन्जुरी समयमा शेर्पाका त्रिदेव गुरुङले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफमा कुनै गोल भएन ।
शेर्पा क्लब १४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ भने एनआरटी १५ अंक सहित नवौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया