काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्ना हक अधिकारका विषयमा जनतालाई सुशुचित गर्न सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
नवौँ विश्व रेडियो दिवसको अवशमार आयोजित कार्यक्रममा बोल्नै खनालले सूचनाको हक, समानताको हक, लोकतान्त्रिक हकको सन्र्दभमा व्यापक प्रचार प्रसार गरी जनतालाई सुशुचित बनाउन भूमिका खेलेको बताएका छन् । प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आफुले निर्वाह गर्नुपर्ने भूमिकाका लागि प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता समेत रहेका खनालले राष्ट्रियताको सवालमा देशभक्तिको भावना विकास गर्न पनि सामूदायिक रेडियो भूमिका महत्वपूर्ण हुने बताए ।
खनालले नेपालका संविधानले सम्पूर्ण नेपालका लागि आवश्क हक अधिकार सुनिश्चित गरेको, देश, जनता, सभ्यता, संस्कृति, स्रोत साधनप्रति माया गर्न सिकाएको र परिवर्तनका सबै ढोकाहरु खोलेको उल्लेख गरे । विश्वमै उत्कृष्ट रहेको संविधान आफैमा पूर्ण नभएपनि विकासमान डकुमेन्ट्री भएकाले यसलाई आवश्यकता अनुसार परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने उनले बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा दण्डहिनता बढेको बताए । सीमान्तकृत जातजातिका अधिकार अझै स्थापना गर्न नसकिएको, छुवाछुतको अन्त्य गर्न नसकिएको र जनताले पूर्णकालिन न्याय पाउन नसकेको उल्लेख गरे ।
२०६२ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएको भएपनि २०७६ सम्म आइपुग्दा समेत पदाधिकारी चयनमै विवाद रहेको बताए । ऐन बनाएर आयोग गठन नगर्दा यो समस्या आएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया