लागूऔषध सहित एक जना पक्राउ

काठमाडौं । लालबन्दी नगरपालिका-१२ जियाजोरबाट सोही नगरपालिका-१४ बस्ने २४ वर्षीय कान्छाराम स्याङतानलाई करिब १० केजी अवैध लागूऔषध गाँजा सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बा.४९ प ६०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक स्याङतानको साथमा रहेको झोलामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेहो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?