भारतलाई हराउँदै बंगलादेशले चुम्यो विश्वकप क्रिकेटको उपाधि

काठमाडौं । बंगलादेशले पहिलो पटक आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि हात पारेको छ ।

दक्षिण अफ्रिकाको पोचेफस्टरूममा आइतबार भएको फाइनलमा भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि हात पारेको हो ।

वर्षाको कारण ४६ ओभरमा झारिएको खेलमा भारतले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले ४२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । भारतले दिएको १ सय ७८ रनको लक्ष्यसहित बंगलादेशले ब्याटिङ गरिरहदा वर्षाले खेल रोकिएपछि डीएल पद्दतिको आधारमा बंगलादेशले नयाँ लक्ष्य पाएको थियो ।

बंगलादेशको जितमा परभेज होसेनले ४७ रन जोड्दा कप्तान अकबर अलीले अविजित ४३ रन बनाए । भारतका रबि बिस्नोईले ४ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ४७ ओभर २ बलमा अलआउट हुँदै १ सय ७७ रनमा समेटिएको थियो ।

भारतका लागि भुपेन्द्र कुमार जैसवालले ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै तिलक वर्माले ३८ रन जोड्दा धुर्ब जुरेलले २२ रन बनाए । बंगलादेशका अभिषेक दासले ३ विकेट लिए । यस्तै सोरिफुल इस्लाम र हसन साकिबले २र२ विकेट लिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?