काठमाडौं । स्पेनिस लिगमा बार्सिलोनाले जित हात पारेको छ । आईतबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
क्लिमेन्ट लेन्जलेटले ७२ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । सर्जियो क्यानाल्सले छैटौ मिनेटमा पेनाल्टीमा घरेलु टोली बेटिसलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै बार्सिलोनाका फ्रेन्की डी जोङले खेल बराबरीमा ल्याए ।
नबिल फेकिरको गोलसंगै घरेलु टोली पुन २६ औं मिनेटमा खेलमा अगाडी बढेको थियो । पहिलो हाफको ईन्जुरी समयमा बार्सिलोनाका सर्जियो बुस्केटले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको ७६ औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेपछि बेटिस क्लब १० खेलाडीमा सिमित बनेको थियो । त्यसको तीन मिनेटपछि बार्साका लेन्जलेट समेत दोहोरो पहेलो कार्डका कारण मैदान छाडेका थिए ।
पछिल्लो एक हप्ता बार्सिलोनका लागि निकै कठिन रह्यो । कोपा डेल रेको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसंग पराजित भयो ।
मेस्सीकै सहयोगमा विजयी गोल गर्दै बार्सिलोनाले तीन अंक हात पारेको छ ।
बार्सिलोनाले २३ खेलबाट ४९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा यथावत छ । शीर्ष स्थानको रियल मड्रिडको ५२ अंक छ । बेटिस क्लब २८ अंक सहित १३ औं स्थानमा छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया