काठमाडौं । नेपालमा जन्मिएका हरेक बालबालिकाले नेपालमै बढ्न र पढ्न पाउने ग्यारेन्टी संविधानले गरेको छ । तर राज्य आफैले २० वर्षमा २६ सय ६३ नेपाली बालबालिकालाई धर्मसन्तानका नाममा विदेशीलाई सुम्पेको छ ।
अझ बिडम्बना सरकारले बालबालिका विदेशीलाई जिम्मा लगाए वापत आठ हजार डलरको दरले रकम पनि लिने गरेको छ । उन्नत अभिष्य लागि कुनै पनि नागरिक स्वइच्छाले विदेशिन सक्छ तर आफ्नो रोजाइ तय गर्न नसक्ने १४ वर्ष मुनिका अबोध बालबालिकालाई सरकारले पैसासँग साटेको हो । यसरी २० वर्षमा २६ सय ६३ बालबालिकाबाट राज्यले २ करोड १० लाख ६४ हजार अमेरिकी डलर उठाएको छ । तर ती बालबालिका कहाँ कुन अवस्थामा छन् रु भनेर सोधखोज गर्ने कुनै सरकारी निकाय छैन ।
बालबालिका अनाथ भए अभिभावकत्व दिने जिम्मेवारी राज्यको हो तर राज्यले अनाथलाई संरक्षण दिने होइन, धर्मसन्तानका नाममा विदेशीलाई सुम्पिने नीति नै लिएको छ । अन्तरदेशीय धर्मपुत्र तथा धर्मपुत्री विकास समिति नामै राखेर यो कारोबारलाई सरकारले प्रवद्र्धन गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया