आईपीएल अक्सनः स्टार क्रिकेटर क्रिस गेल र जोए रुट बिकेनन्

काठमाडौं, १३ माघ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) २०१८ को लागि खेलाडी लिलामी सुरु भएको छ । सुरुवाती चरणमा आइपीएलमा समेत राम्रो प्रभाव जमाएका वेष्टइन्डिजका क्रिकेटर क्रिस गेल र इङल्याण्डका कप्तान जोए रुटलाई कुनै पनि टिमले किनेनन् इङल्याण्डका अर्का क्रिकेटर बेन स्टोक्स भने सबैभन्दा महंगो मूल्यमा बिक्री भएका छन् । स्टोक्सलाई राजस्थान रोयल्सले १२.५ करोडमा किनेको छ भारतका मुरली विजय, दक्षिण अफ्रिकाका हामिम अमला र न्यूजिल्याण्डका मार्टिन गुप्टिलमाथि पनि सुरुवाति चरणमा कुनै टिमले बोली लगाएनन् भारतका लोकेस राहुल ११ करोडमा किङ्ग्स इलाभेन पञ्जाबमा अनुबन्धित भएका छन् । उनी सुरुवाती चरणमा सबैभन्दा महंगो मूल्यमा लिलामी भएका भारतीय क्रिकेटर बनेका छन् क्रिस लिनलाई कोलकत्ता नाइट राइडर्सले ९.६ करोडमा किनेको छ भने अष्ट्रेलियाका बलर मिचेल स्टार्कलाई कोलकत्ता नाइट राइडर्सले ९.४ करोडको बोली लगाएको छ आईपीएलको लिलामीको सुरुवात शिखर धवनबाट भएको थियो । उनलाई टिममा भित्र्याउन मुम्बई इण्डियन्स र किङ्ग्स इलाभेन पञ्जाब लागेका थिए उनको बोली ५ करोड माथि पुग्यो र अन्त्यमा पञ्जाबले ५.२ करोडको बोली लगायो । तर, हैदराबाद राइट टु म्याच कार्ड प्रयोग गरेर शिखर धवनलाई आफ्नो टिममा राख्न सफल भएको छ युवराज सिंह र गौतम गाम्भीर भने निकै सस्तोमा विकेका छन् । युवराजले गत सिजन हैदराबादबाट खेलेका थिए तर, यो पटक पञ्जाबले न्यूनमत मूल्य २ करोडमा किनेको छ कोलकत्ताको कप्तान गौतम गाम्भीरलाई २.८ करोडमा दिल्ली डेयरडेभिल्सले किनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?