लुकाकु चम्किदा सिरी ए फुटबलमा इन्टर विजयी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित हात पारेको छ । आइतबार राति भएको खेलमा इन्टरले उडिनेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टरको जितमा रोमेलु लुकाकु नायक बने । इन्टरका लागि दुवै गोल लुकाकुले गरे । खेलको ६४ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा लुकाकुले पेनाल्टी गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।

जितसँगै इन्टरले २२ खेलबाट ५१ अंक जोडेको छ । शीर्ष स्थानको युभेन्ट्ससँग अंक दुरी ३ मा झारेको छ । सिरी ए अन्तर्गत नै एसी मिलान भने भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको छ । एजेन्सी

यो पनि पढ्नुहोस् : फातीको गोलमा बार्सिलोना विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?