भारतद्वारा न्युजिल्याण्डलाई १ सय ६४ रनको लक्ष्य

काठमाडौं । न्युजिल्याण्ड विरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा भारतले १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जिटेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६३ रन बनायो । उसका कप्तान रोहित शर्माले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ खेले । ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रोहित रिटायर्ड हर्ट भए ।

यस्तै लोकेस राहुलले ४५ रन बनाउँदा श्रेयस आयरले अविजित ३३ रन बनाए । न्युजिल्याण्डका स्कट कुग्लिजिन र हामीस बेन्निटले समान १र१ विकेट लिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?