काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि साँघुरो जित हात पारेको छ ।
शनिबार राति भएको मड्रिड डर्बीमा रियलले १-० गोलको साँघुरो जित हात पारेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा बेन्जिमाले गोल गरेका थिए । जितसँगै शीर्ष स्थानको रियलले २२ खेलमा ४९ अंक जोडेको छ । जितपछि रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ६ अंकले अघि रहेको छ ।
पाँचौं स्थानको एट्लेटिकोले ३६ अंक जोडेको छ । एजेन्सी
यो पनि पढ्नुहोस् : ए डिभिजन लिगमा आज दुई खेल हुँदै, को-को भिड्दैछन् ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया