मुगुरुजा अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा

काठमाडौं । स्पेनिस खेलाडी गार्बिन मुगुरुजा अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।

मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा सिमोना हालेपलाई पाखा लगाउँदै मुगुरुजा फाइनलमा पुगेकी हुन् । फाइनल पुग्ने क्रममा बिना वरियताकी मुगुरुजाले चौंथो वरियताकी हालेपलाई ७-६(१०-८) र ७-५ को सेटमा पराजित गरिन् ।

अब मुगुरुजाले उपाधिका लागि अमेरिकी खेलाडी सोफिया केनिनसँग खेल्ने छिन् । पहिलो सेमिफाइनलमा केनिनले विश्व नम्बर एक एस्लेइघ बार्टीलाई हराएर फाइनल पुगिसकेकी छिन् ।

१४ औं वरियताकी केनिनले बार्टीलाई ७-६ (८-६) र ७-५ को सेटमा पराजित गरिन्।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?