आर्सनलको जितमा बर्नेमाउथ स्तब्ध

काठमाडौं । एफ ए कप फुटबलको चौथो चरणमा आर्सनलले जित हात पारेको छ ।

सोमबार भएको खेलमा आर्सनलले बर्नेमाउथलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसंगै लण्डन क्लब एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।

खेलको पाँचौ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा एडवर्ड निक्केयाले लण्डन क्लबको आर्सनल दोब्बर बनाए ।

खेलको अन्तिम मिनेटमा साम सर्रिजले एक सान्तव्ना गोल फर्काएका थिए ।

एजेन्सी

यो पनि पढ्नुहोस् : ए डिभिजन लिगमा आज दुई खेल हुँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?